बाघका डमरु अमरसिंह थापा Bada kaji amar singh thapa History of Nepal











>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=fLnB-GPiy7w

गोरखापत्र दैनिकमा मिति २०७७ श्रावण १० गते प्रकाशित प्रा.डा. दिनबहादुर थापा द्वारा लिखित 'बाघका डमरु' शीर्षकको लेखबाट साभार • This video is about the biography of great warrior Amar Singh Thapa. Amarsingh Thapa fought many war. He conquered baise and chaubise states and extended the boundary of Nepal up to Tista river in the east and Kangada in the west. During the Anglo-Nepal war, he was the in-charge of Nepalese force. • This video is about the amarsingh thapa family tree, contribution in nation building and his life history. • अमर सिंह थापा जीवनी • नेपाल अङ्ग्रेज युद्ध • नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन् । • amar singh thapa story • बडाकाजी अमरसिंह थापा • नेपाल एकीकरणको अभियानमा ‘बाघ’ भीमसिंह थापाको भक्तपुरको युद्धमा मृत्यु भएपछि उनको बलिदानीबाट प्रभावित भएका पृथ्वीनारायण शाहले भीमका छोरा अमरसिंह थापालाई आठ वर्षकै उमेरमा सैनिक तालिमको प्रबन्ध गरेका थिए । पृथ्वीनारायण शाहकै पालामा उनी एक इमानदार योद्धा र भारदार पनि थिए । उनी १७ वर्षको उमेरमा (विसं. १८२५) कान्तिपुर विजय पश्चात ‘सरदार’ भई वि.सं. १८२६ मा भक्तपुर विजयको अभियानमा हिँडेका थिए । पृथ्वीनारायण शाहको पहिलो चरणको एकीकरण अभियान पश्चिमी चौबीसी राज्यहरूको आक्रमणबाट सुरु भएको थियो तर पश्चिमतर्फको पहिलो चरणको युद्ध अभियान सहजै सफल हुन नसकेपछि उनले पूर्वतर्फको एकीकरण अभियान सुरु गरेका थिए । पूर्वतर्फको एकीकरण अभियानमा वि.सं. १८२९ मा अमरसिंह थापा र रामकृष्ण कुँवरको नेतृत्वमा गएको दुई कम्पनी फौजले दूधकोशी पार गरी पहाडपट्टिबाट चौदण्डीलाई घेर्ने योजना सफल पारेको थियो । • पृथ्वीनारायण शाहले थालनी गरेको नेपाल एकीकरणको अभियानलाई यिनै बडाकाजी अमरसिंह थापाले पूरा गरेका हुन भन्दा अतिशयोक्ति हुँदैन । अमरसिंह थापाले पूर्वको तुलनामा पश्चिमतर्फको एकीकरण अभियानमा ठूलो बलिदानी गरेका थिए । वि.सं. १८३८ पुस–माघ महिनातिर पर्वत, लमजुङ र तनहुँतर्फका चौबीसी राज्यहरू मिलेर गोर्खाली फौजमाथि आक्रमण गर्न थालेपछि अमरसिंह थापाको नेतृत्वमा एक फौज पश्चिमतर्फ अगाडि बढयो । यो फौजले चौबीसी राज्यका संयुक्त फौजलाई परास्त गरेपछि लमजुङे फौजका अफिसर भक्ति थापा नेपाली फौजको अफिसरमा भर्ना भए । बालचन्द्र शर्मा (२०३३) का अनुसार अमरसिंहले नेतृत्व गरेको फौजले बाग्लुङ सर (आक्रमण) गरी सोझै पश्चिमतर्फ मुसिकोट, जाजरकोट, प्युठान, दाङ हुँदै कर्णाली नदी तरी डुम्रीकोट र तारिमघाटमा अछाम र डोटीलाई पराजित ग¥यो । वि.संं. १८४७ को प्रारम्भसम्ममा उनको फौज पश्चिमी महाकाली (शारदा) नदीसम्म पुगेको थियो । यो फौज महाकाली नदी तरी अल्मोडा हुँदै गढवालसम्म पुग्यो । गढवालसँग युद्ध चलिरहेको अवस्थामा यता चीनले नेपालमा आक्रमण गरेको खबर प्राप्त भएपछि अमरसिंह थापा वि.सं. १८४८ मा गढवालसँग सन्धि गरी भोटतर्फ लाग्नुप¥यो । • चीनसँगको लडाइमा पनि अमरसिंहको फौज कुती, केरुङ हुँदै शिकारजोङसम्मको लडाइँमा अग्रता हासिल गरिरहेको थियो तर बीचैमा नेपाल र चीनबीच सन्धि भयो । यही समयमा शक्तिमा पुगेका दामोदर पाँडेले कम्पनी सरकारसँग सन्धि गर्दा उक्त सन्धिको विरोध गरेको भन्दै अमरसिंह थापालाई कैद गरियो । उता रणबहादुर शाह, भीमसेन थापा र वंशराज पाण्डेलाई काशीमै अङग्रेजको नजरबन्दमा राख्ने प्रबन्ध मिलाइयो तर काशीबाट रानी राजराजेश्वरी देवी फर्केर गीर्वाणयुद्धविक्रम शाहको नायबी आफ्नो हातमा लिएपछि अमरसिंह थापालाई कैद मुक्त गर्दै काजी बनाइन । दामोदर पाँडेको पतन र भीमसेन थापाको उदयसँगै नेपाल एकीकरणको अभियानलाई पूरा गर्न पुनः अमरसिंह थापाको नेतृत्वमा भक्ति थापा र हस्तदल शाहसहितको फौज गढवालतर्फ पठाइयो । • अमरसिंह थापाको फौजले शारदा नाघी गढवालको राजधानी श्रीनगरमा वि.सं. १८६१ आक्रमण ग¥यो । यो युद्धमा गढवाली राजा प्रद्युम्न शाह पराजित भए । गढवालमा पारिवारिक कलह भएको हुनाले नेपाली फौजले सहजै गढवाल, देहरादुन, बाह्र र अठार ठकुराइका रूपमा रहेका ससाना राज्य कब्जा गर्दै नेपालको सिमाना सतलजसम्म पु¥याउन सफलता पायो । त्यसपछि नेपाली फौज सतलजपार गरी संसार चन्दको राज्य काँगडामा प्रवेश ग¥यो तर नेपाली फौजले यो किल्ला (काँगडा) मा चार वर्षसम्म अविरल युद्ध गर्दा पनि तोडन सकेन । काँगडाको यो किल्ला हात पारेमा नेपाली फौजलाई काश्मिरसम्म पुग्न त्यति कठिन थिएन । अमरसिंहको शक्तिकेन्द्र बगाध वा आर्की दरबारमा थियो । उनको यो शक्तिबाट त्रसित अङग्रेज पक्षले अमरसिंहसँग मितेरी साइनो गाँस्ने, विभिन्न प्रलोभन देखाउने र भारदारहरूलाई फुटाउने जस्ता रणनीति अवलम्बन ग¥यो । यी रणनीति सफल नभएपछि अङग्रेजले स्युराज र बुटवलको विषयमा निहुँ खोज्न थाल्यो र एकतर्फी युद्धको घोषणा गर्न पुग्यो । • पाल्पा राज्यअन्तर्गत पर्ने उक्त स्युराज र बुटवल नेपाल सरकारको अधीनमा आएपछि उक्त भूभागलाई अङग्रेज सरकारले पनि आफ्नो दाबी गर्न थाल्यो । यो विवाद कूटनीतिक तवरले समाधान हुने सम्भावना नरहेपछि दुवै सरकारले युद्धको तयारी गर्न थाले । सुरेन्द्र के.सी. (२०४६) का अनुसार अङग्रेजका तर्फबाट नेपाललाई घेराबन्दी गर्न चारतिरबाट पूर्ण तयारीका साथ करिब ८० तोप र ३० हजार अङग्रेज फौजसहित भारतीय सेना तैनाथ गरियो । नेपालका तर्फबाट उक्त क्षेत्रमा युद्ध गर्न काजी बख्तावरसिंह थापाको नेतृत्वमा महाभारत पहाडको पूर्वतटीय क्षेत्र, विजयपुर क्षेत्र र त्यस क्षेत्रका तराई प्रदेशको सुरक्षार्थ दुई हजार सेना खटाइयो । कर्णेल रणवीरसिंह थापाको नेतृत्वमा मकवानपुर क्षेत्रको सुरक्षार्थ चार हजार फौज खटाइयो । पाल्पा बुटवल क्षेत्रको सुरक्षार्थ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तीन हजार फौज खटाइयो भने बाँकी सुदूरपश्चिमको कुमाउ गढवाल क्षेत्रको सुरक्षार्थ अक्टरलोनीको फौजसँग प्रतिरोध गर्न यिनै महावीर अमरसिंह थापाको नेतृत्वमा तीन हजार सेना खटाइयो • #amar_singh_thapa • #bada_kaji • #history_of_Nepal • #बाघका_डमरु

#############################









Content Report
Youtor.org / YTube video Downloader © 2025

created by www.youtor.org